सिङ्गो गाउँ नै अपाङगता भएका व्यक्तिले भरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिङ्गो गाउँ नै अपाङगता भएका व्यक्तिले भरियो

कपिल अधिकारी
पाल्पा, २५ असार । पाल्पाको रिब्दीकोट गाँउपालिकाको एउटा सिङ्गो गाउँ नै अपाङगता भएका व्यक्तिहरुले भरिएको छ । गाउँका बालबालिकादेखि बृद्धबृद्धासम्म शारीरिक तथा मानसिक रुपमा स्वस्थ छैनन् । कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसक्दा अपाङ्गताको जीवन बिताउन बाध्य छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको ख्याहास्थित जोगिथुममा ७० घरपरिवार रहेको कुमाल बस्ती छ । त्यो बस्तीलाई वरिपरिका मान्छेहरुले अपाङता भएकाहरुको गाउँका रुपमा चिन्ने गर्दछन् । यहाँका अधिकाँश घरमा तीनदेखि पाँच जनासम्म अपाङगता भएका बालबालिकादेखि बृद्धबृद्धाहरु भेटिन्छन् । सुन्दा अचम्म लाग्छ तर यो गाउँको तीतो सत्य यही नै हो । कोही शारिरीक रुपमा अपाङग छन् त कोही मानसिक रुपमा ।

आठ बर्षीय शिव कुमाल जसलाई विगत चार बर्षदेखि सिक्रीमा बाँधेर राखिएको छ । उनमा मानसिक समस्या छ । परिवारको कमजोर आर्थिक अवस्थाले गर्दा उपचार गराउन सकिएको छैन । केही अस्पतालहरुमा उपचारको लागि कोसिस नभएको होइन, तर निको नभएपछि परिवारले सिक्रीमा बाँधेर राख्नुको विकल्प देखेनन् ।

कुमाल बस्ती नै अपाङगता भएकाहरुले भरिएको छ भन्दा फरक नपर्ला । कोही दृष्टिविहिन छन् त कसैको श्रवण शक्ति कमजोर छ, कोही बोल्न सक्दैनन्, कसैको हात चल्दैन त कसैको खुट्टा । कोही त ओछ्यानबाटै उठ्न सक्दैनन् । कसैको मानसिक अवस्था ठिक छैन । कतिपयलाई दाम्लोले बाँधेर समेत राखिएको छ । बालबालिकाहरुमा मात्र नभई यस्तो समस्या ठूलो उमेर भएकाहरुमा पनि छ ।

कसैले देउता रिसाए भन्छन् त कोही पितृ रिसाएको बताउँछन् । बोक्सी लागेर दुःख दिएको भन्नेहरू पनि छन् । गाउँ नै अन्धविश्वासमा रुमल्लिएका कारण उनीहरूको समस्या झन् जटिल बन्दै गएको छ ।

रिब्टीकोट गाउँपालिकाले जोगिथुममा ५० जनाभन्दा बढी व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरेको छ । ३० जनाले जटिल किसिमको परिचयपत्र ९ जनाले रातो कार्ड लिएका छन् । अझै धेरै जनाले परिचय पत्र लिन बाँकी रहेको रिब्टीकोट गाउँपालिकाका अध्यक्ष विष्णु गैरेले जानकारी दिनुभयो ।

पाल्पाको ख्याहास्थित कुमाल गाउँका मानिसहरुको जीवन निकै दयनीय बनेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई शौचालय लैजान समेत कष्टकर छ । आर्थिक विपन्नताले गरेर अपाङ्गता भएकाहरुलाई ह्विल चियर व्यवस्था गर्न सक्दैनन् ।

अधिकांश जनता ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका छन् । घरमै सुत्केरी भएका महिलाबाट जन्मिएका अधिकांश बालबालिकामा अपांगता देखिएको अपांग पुनस्र्थापना केन्द्र पाल्पाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);