चाबहिल–साँखु सडक : हिउँदमा धुलो र वर्षामा हिलोले सर्वसाधारण आजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चाबहिल–साँखु सडक : हिउँदमा धुलो र वर्षामा हिलोले सर्वसाधारण आजित

chabahil-sankhu road

पुष्पा पोखरेल
काठमाडौं, २५ असार । लामो समयदेखि हिलो र धुलोको चपेटाबाट काठमाडौंको चाबहिल साँखु सडकखण्डका जनता आक्रान्त भइरहेका छन् । सरकार र सम्बन्धित निकायको उदासिनताका कारण बाटोको अवस्था दयनीय हुँदै गएको छ । हरेक वर्ष हिलो धुलाकोे समस्या भए पनि सरकारले ध्यान नदिएको चाबहिल साँखु सडकखण्डका स्थानीयको गुुनासो छ ।

राजधानीको व्यस्थ सडक मध्येको एक चावहिल साँखु सडकखण्ड अत्यन्त अस्तव्यस्त रहेको छ । चावहिल साँखु सडकखण्ड साढे १२ किलोमिटर रहेको छ । यो बाटो विस्तारको सुरुवात २०७२ सालबाट भएको हो । सम्झौता अनुसार काम भएको भए २०७४ साल पुषसम्म यो बाटो विस्तारको काम सकिसक्नु पर्ने हो । तर अहिलेसम्म बाटोकोे १० प्रतिशत पनि काम भएको देखिदैन ।

हिउँदमा धुलोले आजित हुने यो सडक खण्डमा अहिले सर्वसाधारण हिलो र सडकमा जमेको पानीले आजित छन् । विहान घरबाट निस्कदा लगाएको लुगा बेलुका घर फर्कदा हेर्न सक्ने अवस्थामा हुँदैन ।

चाबहिल चुच्चेपाटि टोल सुधार समितिले जनताको माग तथा सास्तीलाई मध्यनजर गर्दै छिटो भन्दा छिटो बाटो विस्तार गर्न माग गर्देै उच्च अदालत पाटनमा रिट समेत दाएर गरे । उक्त रिटमा अदालतको एकल इजलासले स्थानियको माग बमोजिमको आदेश दिनु नपर्ने भनि रिट नै खारेज गरिदियो । गुनासो सर्वसाधारण यात्रुको मात्र होइन स्थानीय व्यापारीको पनि त्यस्तै छ ।

साढे १२ किलोमिटर लामो चाबहिल, जोरपाटी, बाग्मती, साँखु सडक खण्ड बनाउन पाँच वटा प्याकेजमा १० वटा ठेकदार कम्पनीले जिम्मा पाएका थिए । वज्रगुरु, समानान्तर, वल्ड बाइडलामा, चाङमिला, सुनकोशी, युनाइटेड विर्डस, थाङमिलाले समयमा काम गरेनन् । चाबहिल साँखु सडकखण्ड बाटोका कारण त्यहाँ खटिने ट्राफिक प्रहरी पनि आजित छन् ।

सरकारले सुखि नेपाली समृद्घ नेपालको नारालाई अगाडि सारेको छ । तर दैेनिक रुपमा यात्रा तथा हिडडुल गर्ने सर्वसाधारण भने हिलो तथा धुलोमा कष्टपुर्ण यात्रा गर्न र जिउन बाध्य छन । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपाको अगाडि नै यस्तो अवस्था आउँदा पनि सरकारको ध्यान पटक्कै नजानु लाजमर्दो कुरो हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);