हिलोका कारण चाबहिल-साँखु सडक अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिलोका कारण चाबहिल-साँखु सडक अस्तव्यस्त

तेजना पण्डित

काठमाडौं, २८ जेठ । काठमाडौंको चाबहिल देखि साँखुसम्मको १२ दशमलव ३ किलोमीटर सडक तीन वर्ष देखि बन्न सकेको छैन । सडक अस्तव्यस्त हुँदा त्यस क्षेत्रका स्थानीय, पैदल यात्रु तथा व्यसायीले कष्ट बेहोर्नु परेको छ ।

दुईबर्ष भित्र काम सम्पन्न गरी सक्ने गरी २०७२ साल असोज १४ गते ठेक्का दिइएको चाबहिल–साँखु सडक ठेक्का सम्झौताको अवधि सकिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । जम्मा १२ दशमलव तीन किलोमीटरको सडक अहिलेसम्म यति भाग बनिसक्यो भन्ने अवस्थामा समेत पुगेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा चावहिल चोक देखि होटल हायातसम्म कालोपत्रे भएको सडकको निर्माण तिब्रता मोदी गएसँगै सेलाउँदा स्थानीय निरास भएका छन् ।

समयमा सडक निर्माण नुहँदा स्थानीय दुई बर्षभन्दा बढी समयदेखि धुलो र हिलोको सामना गर्दै आएका छन् । यसको प्रभाव व्यापार–व्यावसायमा समेत परेको छ ।

अझ बजेट सक्नैका लागि आर्थिक बर्षको अन्त्यमा काम गरेजस्तो गर्ने प्रवृतिले सर्वसाधारण आजित भएका छन् । बालबालीकाहरु सडककै अवस्थाका कारण जुत्ता लगाएर विद्यालय जानसमेत पाइरहेका छैनन् ।

बाटोमा पर्ने घर, विजुलीका पोल तथा तार, खानेपानी पाइप तथा टेलिफोन लाइनको व्यवस्थापन नुहँदा सडक निर्माणमा ढिलाइ भएको जनाईको छ । सरकारी निकायबीचनै समन्वयन नहुँदा काममा ढिलाइ भएको उपत्यका सडक विस्तार आयोजनाको भनाइ छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले भने मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा समस्या परेको जनाएको छ । निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई कार्बाही गर्न सुरु गरेको सरकार र सरकारी निकायकै कारण यस्ता थुप्रै आयोजना अलपत्र परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);