गोरेसहित ३ जना केन्द्रिय कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गोरेसहित ३ जना केन्द्रिय कारागार चलान

काठमाडौं, २८ जेठ । सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ ।

मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति शुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो ।

सम्पत्ति शुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको छ । तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ ।

पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन । २०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तलाई विभागमा उपस्थित गराएपछि केन्द्रिय कारागार चलान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);