गोरेसहित तीन जनालाई काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

गोरेसहित तीन जनालाई काठमाडौं ल्याइयो

gore

काठमाडौं, २८ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई सोमबार बिराटनगरबाट काठमाडौं ल्याइएको छ ।

उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पनि काठमाडौं ल्याइएको छ । जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं ल्याउन अनुमति दिएपछि बिराटनगरबाट सोमबार बिहान काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाइने जनाइएको छ । गोरे जेठ १० गते पक्राउ परेका थिए ।

भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए । त्यस्तै, पक्राउ परेका प्रहरी अधिकारीहरुमाथि भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

ताजा समाचार