लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

pakrau

झापा, २७ पुष । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित कंकालिनी नगरपालिका–६ हनुमाननगरका २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरीक २२ बर्षीय मोहम्मद अफरोजलाई पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका–१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमो थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);