काठमाडौं ।
वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ । आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताउनुभएको हो । उहाँले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो । उहाँले तीन तहको सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह र पूर्वाधार विकासका काम समेत प्रभावित हुने गरेको बताउनु भयो । संघीय शासन प्रणालीमा यसरी तीन तहको सरकारबीच समन्वय नहुँदा ठिक ढंगले राज्य सञ्चालन गर्न कठिन हुने उहाँको भनाइ छ । उहाँले जिम्मेवारीमा रहेक व्यक्तिले प्रभावकारी राज्य सञ्चालनप्रति जिम्मेवार र गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनु भयो
। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी तथा नवीकरण र सवारीसाधनको ब्लुबुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या आउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको कुरामा समेत आफू गम्भीर रहेको उहाँको भनाइ छ । मन्त्री प्रजापतिले उद्योग तथा पर्यटन क्षेत्रमा समेत संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको उहाँले बताउनुभयो । उहाँले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांक समेत प्रदेश सरकार नरहेको उल्लेख गर्नुभयो । कानूनी जटिलता र संघीय सरकारसँगको समन्वय अभावका कारण तथ्यांक संकलनमा समस्या उहाँको भनाइ छ । उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो ।





