सडकमा बेथिति : ठेक्का म्याद सकियो, काम भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सडकमा बेथिति : ठेक्का म्याद सकियो, काम भएन

chabahil-sankhu road bethiti

काठमाडौं, ११ साउन ।  कतै माटोका थुप्रा, कतै ठूलाठूला भ्वाङ, कतै खाल्डाखुल्डी, कतै हिलो, कतै हिलो, कतै जलमग्न, कतै अतिक्रमण, कतै फुटपाथविहीन त कतै छरपष्ट निर्माण औजार र सामग्री। चाबहिल–साँखु सडक, कपन सडक, टोखा सडक, जोरपाटी–सुन्दरीजल सडक, त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक, सितापाइला सडक, बालाजुलगायत उपत्यकाका विभिन्न सडकको दुर्दशा हो यो। यसैले लथालिंग अवस्थामा छन् उपत्यकाका सडक।

वर्षौैंदेखि सडक कालोपत्रे र मर्मत नहुँदा धुलो र हिलोबाट सास्ती खेप्न बाध्य छन् सहरबासी। सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालले उपत्यकाका सडक वर्षाैदेखि लथालिंग अवस्थामा छन्। चाबहिल–साँखु सडक बिग्रेर खाल्डैखाल्डामा परिणत भएको छ। स्थानीय सडक कालेपत्रे माग गर्दै आन्दोलनामा उत्रिनुपरेको छ।

२०७५ साउन २४ मा चाबहिल–साँखु सडक निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ १२ पछि सडकमा खाल्डा नदेखिने बताएका थिए। सोही दिन मन्त्री महासेठले तत्कालका लागि सडकका खाल्डा पुर्न उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीलाई निर्देशन दिएका थिए। तर, निर्देशन र मन्त्रीको प्रतिबद्धता कार्यान्वयन भएन। सडकको अवस्था झन् बिग्रँदै गयो। मारमा यात्रु परेका छन्। ठेकेदारसँग भएको सम्झौताको म्याद सकिँदासमेत सडक कालोपत्रे हुने कुनै संकेत देखिएको छैन।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);