पाल्पाको रिब्दीकोटमा आजदेखि फागु महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाल्पाको रिब्दीकोटमा आजदेखि फागु महोत्सव सुरु

पाल्पा, १० चैत । पाल्पाको रिब्दीकोट गाँउपालिकामा परम्परागत फागु पर्वको संरक्षण गर्ने उद्देश्यले आज देखि एक साताका लागि फागु महोत्सव सुरु भएको छ ।

रिब्दीकोटस्थित भैरवस्थान क्षेत्रमा आज देखि चैत्र १७ गते सम्मको लागि फागु महोत्सव सुरु भएको हो । स्थानीय रुपमा परम्परादेखि नै चल्दै आएको फागु संस्कृतिको संरक्षण गर्न फागु महोत्सव गरेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी दिए ।

फागु महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पन्चेबाजा लगायतका सांस्कृतिक कार्यक्रम हुने छ ।

महोत्सव मूल आयोजक समितिका अनुसार सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, अन्तरक्रिया, लोकनृत्य प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, सांस्कृतिक कार्यक्रम हुने जानकारी दिएका छन् ।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवं भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले फागु महोत्सवले परम्परादेखि नै चल्दै आएको फागु संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले फागु महोत्सव गरेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);