विधिवत रुपमा सुरु भयो होली पर्व (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विधिवत रुपमा सुरु भयो होली पर्व (फोटोफिचर)

काठमाडौं, ८ चैत । काठमाडौँको बसन्तपुरमा आज बिहान चिर ठड्याएसँगै यस वर्षको फागु पर्व विधिवत रुपमा सुरु भएको छ ।

आज फागुन शुक्ल अष्टमीको दिन विहान ८ बजेर २६ मिनेटको साइतमा बसन्तरपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ चिरोत्धान गरेसँगै विधिवत रुपमा फागु पर्व सुरु भएको हो ।

रंगीचंगी ध्वजा पताकाले सिंगारिएको चिरलाई काठमाडौंका धालासिक्व टोलका मानन्धरहरुले बाजागाजा सहित हरेक वर्ष ठड्याउँदै आएका छन् । चिरोत्थानमा नेपाली सेनासँगै गुर्जु पल्टनको पनि उपस्थिति रहेको थियो ।


पहाडी क्षेत्रहरुमा यही फागुन १५ गते फागु पूर्णिमाको दिन रंग तथा पानीको प्रयोग गरी होली मनाइन्छ भने तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने प्रचलन रहेको छ ।

प्राचिन कालमा आगोबाट नजल्ने होलिकाले विष्णुभक्त प्रल्हादलाई मार्न आफूसहित आगोमा बस्दा प्रल्हादलाई केही नभई होलिका आफै जलेको कथन रहेको छ । सो समयदेखि असत्य माथि सत्यको जितको प्रतिकको रुपमा होली पर्व मनाउन थालिएको धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);