नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन चैत २५ गते | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन चैत २५ गते

काठमाडौं, ८ चैत। नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । चैत २५ गते हुने निर्वाचनका लागि चैत ८ गते बेलुकी सवा ५ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।

मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्ने गरी तोकिएको छ । त्यस्तै मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ भने उम्मेद्वारी मनोनयन चैत १२ गते दिउँसो ४ बजेसम्म गरिने छ ।

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ । यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ ।

मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);