कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका युवा कृषि तर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका युवा कृषि तर्फ आकर्षित

बाँके, ७ चैत । घरको आर्थीक अवस्था कमजोर भएपछि विदेशिएका बाँके डुडुवा गाउँपालिका वडा नं ४ का मोहम्मद नईम खान २ वर्ष पनि नपुग्दै कोरोनाको कारण नेपाल फर्कन बाध्य भए ।

नेपाल फर्केपछि साथीभाईको सहयोगमा आफ्नो र केहि छिमेकिको जग्गा भाडामा लिई खानले व्यावसायीक कृषि सुरु गरेका छन् । उनले तरकारी खेती, माछापालन, बाख्रापालनबाट मनग्य आम्दानीका साथै बचत पनि गर्न थालेका छन् ।

बैदेशिक रोजगारीबाट फर्केकाहरुको सहयोग पु¥याउनका डुडुवा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ । व्यावसायीक कृषि गर्नेहरुको लागी गाउँपालिकाले आर्थीक सहयोग उपलब्ध गराउने गरेको छ ।

साथिभाईको सानो सहयोगले मोहम्मद नईम खानको जिवनमानै ठुलो परिवर्तन आएको छ । नईम खान त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । धेरै युवा आज खाडि मुलुकमा काम गर्न बाध्य छन् । युवा लाई आयमूलक काममा अग्रसर गराउन अनुदान, प्राविधिक सहयोग, बीउबिजन सहयोगदेखि तालिम तथा प्रशिक्षण का लागि स्थानिय तहबाटै पहल गर्न सके पैसा कमाउन विदेशिने युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);