सर्लाहीमा जिल्लाभरीकै कलाकारहरुलाई सम्मान गरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सर्लाहीमा जिल्लाभरीकै कलाकारहरुलाई सम्मान गरियो

सर्लाही, ७ चैत । बरहथवा नगरपालिकाको आयोजनामा एक महोत्सवको आयोजना गरी जिल्ला भरीकै कलाकारहरुलाई सम्मान गरिएको छ । शनिवार सर्लाहीको बरहथा नगरपालिकामा सर्लाही स्वर्णिम सम्मान कार्यक्रमको आयोजना गरी सर्लाही घर भएका नायक, गायक, निर्देशकहरु लगायत अन्य क्षेत्रका व्यक्तिहरुलाई समेत सम्मान गरिएको आयोजक बरहथवा नगरपालिकाले जनाएको छ ।

स्वर्णिम सम्मान कार्यक्रममा नेपाली चलचित्रका सु प्रसिद्ध नायक निखिल उप्रेती, प्रसिध गायक शिव परियार, कमल खत्री, हास्य कलाकार शिवशंकर रिजाल९पानवाला जोगिन्दर०, पत्रकार कृष्ण प्रसाद स्माईली समेत गरी अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको हो । सर्लाही जिल्लामा प्रथम पटक सर्लाहीभरीका प्रतिभाहरुलाई जम्मा गर्ने उदेश्यका साथ यस्तो सम्मान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सुरु गर्नु अघि कलाकारहरु टायर गाडामा बसेर नगरपरिक्रमा गर्दै कार्यक्रम स्थल सम्म पुगेका थिए । कलाकारहरु गायन नृत्य प्रस्तुत गर्दै मनोरञ्जनको कार्यक्रम प्रस्तुति गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);