एमाले अध्यक्ष ओली शनिबार सर्लाही जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एमाले अध्यक्ष ओली शनिबार सर्लाही जाँदै

काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओली सर्लाही जाने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेको नेकपा एमाले सर्लाही जिल्ला कमिटिले जानाकारी दिएको छ । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको छ । सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);