म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : ओली  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : ओली 

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका  जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए ।

‘म जहाँ गयो त्यहींका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,’ अध्यक्ष ओलीले भने  । 

विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको बताए । ‘तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,’ ओलीले भने । अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);