चौथो विश्व नेवार दिवस विशेष कार्यक्रम गरी मनाइयो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चौथो विश्व नेवार दिवस विशेष कार्यक्रम गरी मनाइयो (फोटो फिचर)

काठमाडौं, १४ चैत । आज चैत्र १४ गते, चिल्लाथ्व चतुर्दशी अर्थात विश्व नेवार दिवस । काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ ।

चौथो विश्व नेवार दिवस आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि आजै आयोजना गरिएको छ ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहेको थियो । नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ ।

सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लागायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);