बाँकेको डुडुवाका कृषक मकै खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेको डुडुवाका कृषक मकै खेतीतर्फ आकर्षित

makai

जागेश्वर थारु

बाँके, १९ जेठ । तरकारीको पकेट क्षेत्र भनेर चिनिने बाँकेको डुडुवा गाउँपालिकाका कृषक मकै खेतीतर्फ आकर्षित भएका छन् । भारतबाट भित्रिने तरकारीका कारण गाउँपालिकामै उत्पादित तरकारीले बजार पाउन छाडेपछि डुडुवाबासी मकै खेतीतर्फ लागेका हुन् । यसबाट उनीहरुले सहज रुपमा घरखर्च टारी केही रकम जोह पनि गर्न थालेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया केही समय अघिसम्म तरकारीको पकेट क्षेत्र भनेर चिनिन्थ्यो । तर, आजभोलि यहाँका प्राय कृषक तरकारी छाडेर मकै खेतितर्फ लागेका छन् ।

भारतबाट भित्रिएको तरकारीको खपत बढ्नु, भण्डारण, सिचाइ र बजारको समेत समस्या हुन थालेपछि उनीहरुले बिकल्पको खोजीमा मकै खेती रोजेका हुन् । तर, हिरमिनियामा उब्जनी र आम्दानीका हिसाबले मकै खेती उनीहरुका लागि फलिफापसिद्ध भएको छ ।

डुडुवाको वडा नम्बर ६ मा मात्रै करिब ५ सय हेक्टर क्षेत्रफलमा बेमौसमी मकै खेती गरिएको छ । किसानहरुका अनुसार एक कठ्ठामा झण्डै साढे तीन क्वीण्टलसम्म मकै फल्ने गर्दछ ।

हरियो मकै नै बढी बिक्री हुने भएपछि नगदे बालीका रुपमा रहेको मकै खेतीबाट उनीहरु मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

मकैको बिउमा सरकारले सहुलियत दिने गरेपनि बढी उत्पादन लिन यहाँका किसानहरुले भारतबाट बीउ झिकाउने गर्दछन् । भारतीय बजारबाट मकैको बिउ ल्याउने गरेका कारण सरकारले दिने क्षतिपूर्तिबाट भने उनिहरु बञ्चित भएका छन् । हुने गरेको डुडुवा गाउपालिका वडा नं. ४ का कृषक यादवले बताउनुहुन्छ ।

किसानहरु हिरमिनियालाइ मकै जोनका रुपमा परिचित गराउन सफल भएका छन् । जहाँ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समेत संचालन गरिएको छ । यहाँका किसानले चटक्कै तरकारी खेति छोडिसकेका छैनन् ।

यहाँको झण्डै ३ सय हेक्टर क्षेत्रफलमा तरकारी खेति गरिएको छ । अहिले पनि दैनिक करीब दुइ टन तरकारी बजारमा जाने गरेको किसानहरुको भनाइ छ । यसको निरन्तरताको लागि बजारको सहज र सरल पहुँचको पर्खाइमा छन् उनीहरु ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);