बजेट अस्पष्ट भएको सांसदहरुको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बजेट अस्पष्ट भएको सांसदहरुको टिप्पणी

samsadh office

काठमाडौं, २० जेठ । सांसदहरुले आर्थिक वर्ष २०७५-७६ को बजेट अस्पष्ट भएको टिप्पणी गरेका छन् ।

क-कसले के भने ?

आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि धारणा राख्दै सांसद बिजयकुमार गच्छदारले आर्थिक बिकासका लागि ठोस कार्यक्रमसहितको बजेट आउन नसकेको टिप्पणी गरे । उनले प्रतिव्यक्ति आम्दानी ५ बर्षमा दोब्बर पार्ने लगायत कयौं राम्रा संकल्प आएपनि ठोस कार्यक्रम नभएकाले कार्यान्वयन हुनेमा शंका व्यक्त गरे ।

सांसद प्रभु शाहले विकास निर्माणको सवालमा बजेटमा धेरै अमूर्त विषय आएको भन्दै शिर्षकको बाँडफाँड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए । बजेट पारदर्शी नभएको दाबी गर्दै उनले सरकारले बजेट विनियोजनका लागि बनाएको मापदण्ड अनुसार बजेट विनियोजन हुन नसकेको बताए । दुई–चार जना कोठामा बसेर तर्जुमा गरेको बजेटले सिंगो देश निर्माण हुन नसक्ने उनको भनाइ छ ।

सांसद राजकिशोर यादवले जनताको मत पाएर आएका जनप्रतिनिधी संसदमा रुनुपर्र्ने स्थिति श्रृजना हुनु दुःखद भएको टिप्पणी गरे । बजेटले संघीय संरचनालाई आत्मसाथ गर्न नसकिएको भन्दै उनले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको हो ? भनी अर्थमन्त्रीसँग प्रश्न गरे ।

सांसद राजेन्द्र लिङदेनले दुई तिहाई प्राप्त सरकारको बजेट परम्परा भन्दा माथि उठ्न नसकेको टिप्पणी गर्नुभयो । ५ बर्षमा ५ लाखलाई रोजगारी दिने, विदेशमा रहेकालाई फिर्ता ल्याउने लगायत कार्यक्रम पुरा हुने आधार बजेटमा नदेखिएको उनको भनाइ छ ।

मधेस र कर्णालीलाई राज्यको मुल प्रवाहमा ल्याउने समयसिमा निर्धारण बजेटमा नभएको भन्दै उनले बजेट तर्जुमा लगायतमा सांसदको भुमिका गौण राखिएको गुनासो गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);