संघीय संसदमा आर्थिक बर्ष २०७५/७६ को बजेटमाथिको छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संघीय संसदमा आर्थिक बर्ष २०७५/७६ को बजेटमाथिको छलफल सुरु

samsadh image

काठमाडौं, १७ जेठ । संघीय संसदमा विहिबारदेखि आर्थिक बर्ष २०७५/७६ को बजेटमाथिको छलफल सुरु भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा गत मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका आर्थिक बर्ष २०७५/७६ को बजेटमाथि विहिबारदेखि छलफल सुरु भएको हो । बजेटको सत्तारुढ दलका सांसदहरुले बचाउ गरेका छन् भने प्रतिपक्षी दलले आलोचना गरेका छन् । प्रतिनिधीसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद हृदेश त्रिपाठीले कर बढाउने नभई करदाताको दायारा बढाउनुपर्नेमा जोड दिए ।

वित्तिय क्षेत्रको मनोमानी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउँदै उनले उखु किसानको मात्रै १० अर्ब भुक्तानी गर्न बाँकी भएकाले त्यसको प्रत्याभुति गर्न माग गरे । राजपाका सांसद शरदसिंह भण्डारीले बजेट विभेदकारी भएको टिप्पणी गरे । उनले संघीय संरचनामा संघको आकार अनुसार बजेट विनियोजन नगरिएको बताए । कृषिमा बजेट घटाईएको, राष्ट्रपति चुरे संरक्षण अभियानलाई आवश्यक बजेट विनियोजन नगरिएको भन्दै आपत्ति जनाए ।

सांसद प्रेम सुवालले आगामी आर्थिक बर्षका लागि सरकारले अबलम्बन गरेको नीति तथा कार्यक्रम समाजवादउन्मुख हुन नसकेको टिप्पणी गरे । उनले सरकारले भक्तपुरको सिपाडोल लगायतको क्षेत्रमा जग्गा एकिकरण गरि अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजनाको विरोध गरे ।

सांसद राजेन्द्र गौतमले बजेटमा नागरिकलाई काम र रोजगारी, स्वास्थ्य र विकास मार्फत सम्वृद्ध नेपाल निर्माणका लागि कृषि, सिंचाई, खानेपानी, औद्योगिकरण, परियोजनामा आधारित श्रृण उपलब्ध गराउने लगायत कार्यक्रम अत्यन्तै राम्रा रहेको बताए । सांसद मानबहादुर विश्वकर्माले बजेट महत्वकांक्षी भएको तथा प्राथमिकता छरिएकाले जनतामुखी हुन नसकेको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);