बजेट माथिको छलफलमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बजेट माथिको छलफलमा कसले के भने ?

काठमाडौं, १७ जेठ । संघीय संसदमा बिहीबार देखि आर्थिक बर्ष २०७५/२०७६को बजेट माथिको छलफल सुरु भएको छ । संघिय संसदको संयुक्त बैठकमा गत मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७५/ ७६ को बजेटमाथि बिहीबार देखि संघीय संसदमा छलफल सुरु भएको हो ।

सांसद हृदेश त्रिपाठी
बजेटको सत्तारुढ दलका सांसदहरुले बचाउ गरेका छन् भने प्रतिपक्षी दलले आलोचना गरेका छन् । प्रतिनिधीसभाको बैठकमा छलफलमा सहभागी हुदै सांसद हृदेश त्रिपाठीले चुनावपछि पुर्ववर्ती सरकारले गरेका कार्यक्रम बजेटको प्राथमिकतामा परेनन् भनेर प्रतिपक्षी नेपाली कांग्रेसले रोदन गर्नुको औचित्य नरहेको बताए ।

उनले गैह्रबजेटरी खर्च अनुशासन हिन खर्च भएकाले जुनसुकै अवस्थामा पनि रोक्न सुझाव दिए । उनले कर बढाउने नभई करदाताको दायारा बढाउन ध्यान दिनुपर्नेमा जोड दिए ।

सेनाको नेतृत्वमा फास्ट ट्रयाक नबन्ने ठोकुवा गर्दै उनले त्यसबारे गम्भीरतापुर्वक सोच्न सरकारलाई आग्रह गरे । वित्तिय क्षेत्रको मनोमानी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी उखु किसानको मात्रै १० अरब भुक्तानी गर्न बाँकी भएकाले त्यसको प्रत्याभुति गर्न माग गरे ।

सांसद शरद सिंह भण्डारी
राजपाका सांसद शरद सिंह भण्डारीले बजेट विभेदकारी भएको टिप्पणी गरे । सरसर्ती हेर्दा धेरै ठुला ठुला कुरा गर्न सकिन्छ भने जसरी बजेट ल्याईएको भए पनि संघीय संरचनामा संघको आकार अनुसार बजेट विनियोजन नगरिएको उनको गुनासो छ ।

मधेशलाई न्यायोचित ढंगले बजेट विनियोजन नगरिएको उनका तर्क छ । कृषिमा बजेट घटाईएको, राष्ट्रपति चुरे संरक्षण अभियानलाई आवश्यक बजेट विनियोजन नगरिएको भन्दै उनले तर्जुमा गरिएका नीतिहरुको सफल कार्यान्वयन तर्फ पनि ध्यान दिन सुझाव दिए ।

सांसद प्रेम सुवाल
सांसद प्रेम सुवालले आगामी आर्थिक बर्षका लागि सरकारले अबलम्बन गरेको नीति तथा कार्यक्रम समाजवाद उन्मुख हुन नसकेको टिप्पणी गरे । उनले संविधानमा समाजवाद उन्मुख भनि लेखिएको भएपनि सरकारको बजेट पुँजीवादी समाजवाद उन्मुख भएको तर्क गरे ।

फरक प्रसंगमा उनले सरकारले भक्तपुरको सिपाडोल लगायतको क्षेत्रमा जग्गा एकिकरण गरि अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजनाको विरोध गरे । बाक्लो वस्ती उठाई अन्तर्राष्ट्रिय रंगशाला बनाउँदा ठुलो बस्ती उठ्नुको साथै कृषियोग्य जमिनको विनास हुने भन्दै हेटाैँडामा बनाउन उपयुक्त हुने सुझाव दिए ।

सांसद राजेन्द्र गौतम
सांसद राजेन्द्र गौतमले बजेटमा नागरिकलाई काम र रोजगारी, स्वास्थ्य र विकास मार्फत समृद्ध नेपाल निर्माणका लागि कृषि, सिंचाई, खानेपानी, औद्योगिकरण, परियोजनामा आधारित रिण उपलब्ध गराउने लगायत कार्यक्रम अत्यन्तै राम्रा रहेको बताए ।

सांसद मानबहादुर विश्वकमा
सांसद मानबहादुर विश्वकर्माले बजेट महत्वकांक्षी भएको तथा प्राथमिकता छरिएकाले जनतामुखी हुन नसकेको टिप्पणी गरे । उनले सुशासनलाई सुदृढ पार्ने कार्ययोजना नआएको, सन्तुलित विदेश नीतिमा पछि परेको, ५ बर्ष भित्र प्रतिव्यक्ति आय दोब्बर पार्ने नीति तथा कार्यक्रम अन्र्तगत बजेटमा कार्ययोजना नआएको उल्लेख गरे ।

दलित र लोपोन्मुख समुदाय तथा जातीलाई गास, बास र कपासको प्रत्याभुति पहिलो प्राथमिकतामा राखेर शैक्षिक कार्ययोजना सञ्चालन गर्न सुझाव दिए । बजेटमाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);