बजेटलाई लिएर आपत्ति जनाउनुपर्ने अवस्था छैन : पूर्व अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बजेटलाई लिएर आपत्ति जनाउनुपर्ने अवस्था छैन : पूर्व अर्थमन्त्री

काठमाडौं, १६ जेठ । पूर्व अर्थमन्त्रीहरुले बजेटको प्राथमिकताको विषयलाई लिएर आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

पूर्व अर्थमन्त्री एवम् काँग्रेस नेता डा. रामशरण महतले बजेटको प्राथमिकतामाथि आफूहरुको आपत्ति नरहेको स्पष्ट पारेका छन् । उनले सरकारको बजेट लक्ष्य अनुसार आउन नसकेकोमा भने धेरैको असन्तुष्टि रहेको बताए ।

बिहीबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि छलफल कार्यक्रममा बोल्दै नेता महतले पूर्वाधार निर्माण गर्ने कुरालाई बजेटमा निरन्तरता दिने कुरा स्वभाविकै भएको स्पष्ट पारे ।

अर्का पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पनि बजेटलाई आफूले सकारात्मक रुपमा लिएको बताए । उनले बजेटले पर्यटन र उर्जा क्षेत्रको विकासमा जोड दिनु उपयुक्त भएको उल्लेख गरे ।

पूर्व अर्थमन्त्री कोइरालाले सहकारीको माध्यामबाट मुलुकमा लगानी बढाउने बजेटको नीतिलाई पनि सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);