सरकारको अनुमति लिएर उत्तर कोरिया गएको हुँ : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २२ भदौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग अनुमति लिएरै आफू उत्तर कोरिया भ्रमणमा गएको स्पष्ट पारेका छन् ।

नेता नेपालले कूटनीतिक अज्ञानताका कारण काँग्रेस नेता विमलेन्द्र निधिले आफ्नो उत्तर कोरिया भ्रमणको विरोध गरेको आरोप लगाए ।
उत्तर कोरिया नेपालको कुटनीतिक सम्बन्ध स्थापना भईसकेको मुलुक भएकाले पनि त्यसको भ्रमणमा जान नपाउने कुनै कारण नरहेको नेपालले बताए ।

बिहिबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालको विदेश नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्री भईसकेका कांग्रेस नेता निधिले उत्तर कोरिया भ्रमणमा आफू गएको विषयमा आपत्ति जनाएकोमा आश्चर्य प्रकट गरे ।

नेता नेपालले नेपालको परराष्ट्र नीतिलाई सामयिक बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालको परराष्ट्र नीति कमजोर भएको स्विकार गरिन् । पूर्व परराष्ट्रमन्त्री समेत भएकी उनले सरकार स्थिर नहुनाका कारण हाम्रा परराष्ट्र नीति पनि कमजोर बन्दै गएको बताइन् ।

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले उक्त कार्यक्रममा बोल्दै परराष्ट्र नीतिलाई साझा नीतिको रुपमा स्थापित गराउनु पर्ने चुनौति रहेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);