माधव नेपालको भ्रमणबारे ओलीले भने, पार्टीलाई केही थाहा छैन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

माधव नेपालको भ्रमणबारे ओलीले भने, पार्टीलाई केही थाहा छैन

kp oli

काठमाडौँ, २३ भदौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विवादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टीको औपचारिक जानकारीबिना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘माधव नेपालजी उत्तर कोरिया जानु भो। त्यो उहाँको व्यक्तिगत भ्रमण हो। त्यसमा पार्टी जवाफदेही हुँदैन।’ ओलीको अन्तवार्ता सहित आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।