नारायणगढ–मुग्लिन सडक खण्ड भदौ २८ गतेदेखि २४सै घण्टा खुल्ला हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडक खण्ड भदौ २८ गतेदेखि २४सै घण्टा खुल्ला हुने

चितवन, २२ भदौ । दशै नजिकिएसँगै नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेदेखि २४सै घण्टा खुल्ला गरिने भएको छ । कामको चाँपका कारण र पहिरोको जोखिम बढेपछि गत असार २५ गतेबाट यस सडक खण्डमा रातको समयमा यातायात सेवा बन्द गरिएको थियो । चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय भएको हो ।

दशै, तिहार र छठ पर्वका कारण यात्रुहरुको आवत-जावत बढी हुने भएकाले रातको समयमा पनि सडक सञ्चालन गर्ने निर्णय भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बैठकले सडक २४ सै घण्टा खोल्ने निर्णय गरेको हो ।

यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहक सवारीलाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले कालोपत्रे गर्दा सवारी आवागमनलाई असर नपर्ने गरी गर्ने । खाल्टाखुल्टी तत्काल पुर्ने । धुलो उड्ने ठाउँमा पानी छर्कने । रातको समयमा यात्रुको सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);