नारायणगढ–मुग्लिन सडक आजबाट २४ सै घण्टा खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नारायणगढ–मुग्लिन सडक आजबाट २४ सै घण्टा खुल्ला

sadak

चितवन, २३ जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारबाट २४ सै घण्टा खुल्ला भएको छ । सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएकाले २४ सै घण्टा खुल्ला गरिएको आयोजनाको भनाइ छ ।

सडक विस्तारका लागि दिउँसो आवागमन रोकिएको नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारबाट खुल्ला भएको छ । पहिलो तहको कालोपत्रे गर्ने काम सकिएकाले २४ सै घण्टा खुल्ला गरिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिए।

२०७२ सालबाट सो सडकखण्ड स्तरोन्नतिको काम सुरु गरिएको थियो । तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण सडक बिस्तारमा ढिलाइ भएको हो । झण्डै १४ महिना ढिला गरि सो सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्ने काम सकिएको छ । सडक निर्माणको कामलाई तिब्रता दिन दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो ।

त्यसअघि पनि पटक–पटक दिउँसो र रातको समयमा गाडी रोकेर काम गरिएको थियो । दोस्रो तहको कालोपत्रे केहिदिन भित्रै र तेस्रो तहको कालोपत्रे यही आर्थिक बर्षभत्र सक्ने अयोजनाको दाबी छ । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम सकिएको हो ।

वर्षातमा पहिरो झर्ने ठाउँमा जोखिम हटाउने काम भइरहेको छ । सडक बिस्तारका कारण यात्रुलाई सास्ती भएको थियो । सो सडकखण्ड २४ सै घण्टा खुल्ला भएपछि सहज हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);