नारायणगढ-मुग्लिन सडकखण्ड आगामी असारसम्ममा सम्पन्न हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नारायणगढ-मुग्लिन सडकखण्ड आगामी असारसम्ममा सम्पन्न हुने

mugling road

चितवन, २७ फागुन । नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम आगामी असारसम्ममा सम्पन्न हुने भएको छ । पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको नारायणघाट–मुग्लिन सडक आयोजनाले जनाएको छ । निर्माण कार्यलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि यातायात आवागमन बन्द गरिएको छ ।

बाटो बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । सडक विस्तारका लागि पहाडको चट्टान कटान गर्न राति अवागमन बन्द गरिएको उनले बताए ।

सोह्र किलो, घुमाउने र चेपाङडाँडा गरी तीन ठाउँमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ । पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले राति ६ घण्टा सडक बन्द गरी निर्माण गर्ने निर्णय गरेको थियो ।

करिब ३३ किलोमिटर सडकमध्ये ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक निर्माणको जिम्मा तीनवटा कम्पनीले लिएका छन् । आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेभीले जिम्मा लिएका हुन् । अहिलेसम्म १४ किलोमिटर कालोपत्रे गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);