नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा

काठमाडौं, १ चैत। नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आजदेखि नियमित संचालनमा आएको हो ।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । शुक्रबार दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन सुचारु गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);