पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध

landsliode in muglin

चितवन, २९ जेठ । नारायणगढ—मुग्लिङ सडकखण्ड चौबिसै घण्टा सञ्चालनमा आएको एक साता नहुँदै अवरुद्ध भएको छ । बर्षाका कारण मुग्लिङ नजिकै कालीखोला, जलविरे लगायत सातभन्दा बढी ठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले डोजर र एस्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ । विस्तार र मर्मत कार्यका लागि गत पुस १८ गतेदेखि दैनिक ६ घण्टा बन्द गरिएको सडक प्रथम चरणको कालोपत्रे सकिएका कारण गत बुधबारदेखि चौबिसै घण्टा सञ्चालनमा आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);