काठमाडौं, २९ जेठ । नारायणगढ—मुग्लिङ सडकखण्ड चौबिसै घण्टा सञ्चालनमा आएको एक साता नहुँदै अवरुद्ध भएको छ ।
बर्षाका कारण मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायत सातभन्दा बढी ठाउँमा पहिरो खसेपछि नारायणगढ—मुग्लिङ सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले डोजर र एस्काभेटर प्रयाग गरेर पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ ।
विस्तार र मर्मत कार्यका लागि गत पुस १८ गतेदेखि दैनिक ६ घण्टा बन्द गरिएको सडक प्रथम चरणको कालोपत्रे सकिएका कारण गत बुधबारदेखि चौबिसै घण्टा सञ्चालनमा आएको थियो ।