१७ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक खण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

१७ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक खण्ड

काठमाडौं, ३० भदौ । नारायणगढ मुग्लिङ सडक खण्ड करिब १७ घण्टापछि सुचारु भएको छ । सोमबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको सडक खण्ड दिउँसो २।३० बजेबाट खुलेको हो ।

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सोमबार बेलुका ६ बजे एकतर्फी सूचारु भएकोमा राति १० बजे पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

चारकिलो नजिकको पहिरो हटाइएपनि उक्त सडकखण्डको विभिन्न स्थानमा साना पहिरोको कारण सडक एकतर्फी मात्रै खुलेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको भालुढुङ्गा, सिमलताल, जलबिरे लगायतको स्थानमा सडक एकतर्फी मात्रै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);