मुग्लिङ सडक : १७ किलोमा सडक भासिएपछि यात्रुहरु मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुग्लिङ सडक : १७ किलोमा सडक भासिएपछि यात्रुहरु मारमा

mugling-17 kilo

चितवन, ३ साउन । वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भासिएपछि यात्रुहरुले झनै सास्ती बेहोर्नु परेको छ ।

गाईघाट नजिकै रहेको नारायणगढ– मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भासिएपछि यात्रुहरु मारमा परेका हुन । २५ मिटर लम्बाई र ५ मिटर चौंडाई बराबरको सडक भासिएपछि एकतर्फी रुपमा मात्रै सवारी साधन चलाइएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उक्त स्थानमा १० वर्ष अघि पनि सडक भासिएपछि रड एङकरिङ अर्थात रडमा नडबोल्ट कसेर मर्मत गरिएको थियो । अहिले पनि सोही नटबोल्ट लुज भएर सडक भासिएको हुन सक्ने प्राधिविकहरुले बताएका छन ।

दैनिक नौं हजार भन्दा बढी सवारी साधान आवातजावत हुने सो सडक खण्ड भासिएपछि यात्रुहरु झनै मारमा परेका छन । तत्काल त्यसको मर्मत नभए सो सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);