फाइल तस्बिर
सिन्धुपाल्चोक, ७ साउन । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवत–जावत प्रभावित भएको छ । बलेफी–५ मा सड्क भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सडक भासिएको ठाउँमा ठूला सवारी पास हुनसक्ने अवस्था छैन । साना सवारी एकतर्फी रुपमा मात्रै पास गराइएको छ । सडक भासिएपछि दोलखा, रामेछाप, सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रविसे र तातोपानी आवत–जावत प्रभावित भएको छ । अहिले स्थानिय तहको सहयोगमा सडक सुचारु गर्ने प्रयास गरिरहेका काफ्लेले जानकारी दिनुभयो ।
यस्तै अविरल वर्षापछि आएको बाढी-पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडक खण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक सूचारु गराउने भनिएपनि सडक कार्यालयले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको छ ।
सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरेपनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रविसे नगर पालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।