तातोपानी नाकाबाट फेरी आयात ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तातोपानी नाकाबाट फेरी आयात ठप्प

ayat thappa

सिन्धुपाल्चोक, ९ साउन । अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानी सम्मको सडक खण्ड कटान गरेपछि नेपाल-चीन व्यापारीक नाका तातोपानी फेरी बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडक खण्ड मर्मत हुन सकेको छैन ।

चीनमा कोरोना भाईरसको संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताउनुभयो ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गत वर्ष नाका सञ्चालन भएको ९ महिनामा तातोपानी भएर साढे ९ अर्व रुपैयाँ मूल्यका सामग्री आयात भएको थियो । झण्डै ६ करोड रुपैयाँका सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिनुभयो । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान रहेका छन् ।

केहि दिन अघि आएको बाढीपहिरोले सडक कटान पछि एम्बुलेसन्स लगायत अतिआवश्यक सवारी साधनहरु समेत सञ्चालन हुन नसकेपछि बाह्रविसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरेपनि त्यहाँभन्दा माथी भने समस्या देखिएको छ ।

सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरेपनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रविसे नगर पालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यावसाय गर्देै आएका व्यापारीहरुले नै स्काभेटर प्रयोग गरिरहेका छन् ।

त्यस्तै बाह्रविसे नगरपालिकाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजेपनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गर्नुभयो । बाढीपहिरोले क्षति पुर्याएको सडक तत्काल सुधार गर्न एक साता अघि सभामुख अग्नि प्रसाद सापकोटाले सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएपनि त्यो निर्देशन अनुसार काम नभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);