तातोपानी नाकाबाट आयत मात्रै, निर्यात शून्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तातोपानी नाकाबाट आयत मात्रै, निर्यात शून्य

tatopani

काठमाडौं, ३ असार । नेपाल र चीनबीचको ठूलो व्यापारिक नाका तातोपानीमा जेठ महिनामा मात्रै २० करोड माथिको राजस्व संकलन भएको छ । तातोपानी भन्सार कार्यालय गत साउनदेखि जेठ मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको थियो ।

तातोपानी नाका लकडाउनमा केहि समय बन्द भएपनि पुन सुचारु भएको हो । भूकम्पपछि बन्द रहेको अझै पनि पूर्ण रुपले सञ्चालनमा आउन सकेको छैन । नाका खुलाउन नेपाल सरकारले खासै पहल नगरेकै कारण सामान आयात मात्रै भएको छ भने निर्यात शून्य रहेको छ । जसका कारण बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी मूल्यवृद्धि समेत हुन पुगेको छ ।

लकडाउनपछि गत जेठ १५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सिन्धुपाल्चोकको तातोपानी नाकामा अहिले बिस्तारै व्यापार बढी रहेको छ । लकडाउनकै समयमा पनि कानुन बमोजिम आउने सबै प्रकारका सामान निर्वाध रुपमा आयात भइरहेकोछ । नाकामा व्यापार बढेपछि राजश्व संकलनमा समेत उल्लेख्य वृद्धि भएकोछ ।

तातोपानी नाका सञ्चालन भएपछि करीब डेढ महिनाको अन्तरालमा ५३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसअघि तातोपानी नाकाबाट दैनिक करौडौँ राजश्व संकलन हुँदै आएको थियो । चालु आर्थिक बर्षको साउन मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको तातोपानी भन्सार कार्यलयले जेठ महिनामा मात्रै २० करोड रुपैया राजस्व संकलन गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

२०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको उक्त नाकाबाट अहिले मेडिकल सामग्री, कृषिजन्य, दैनिक उपभोग्य बस्तु निर्वाध रुपले आइरहेकोछ । नेपाल सरकारबीच सहमत भएपछि एकतर्फि रुपमा पैठारीमात्र गर्न मिल्ने र निकासी भने नभएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको भनाई छ । उहाँले निकासी पैठारी सहज ढङ्गले गर्नुपर्ने परिस्थितिमा चिनियाँ दुताबासबाट कुरा अगाडि बढिरहेको बताउनुभयो ।

लकडाउनकै अवधिमा पनि नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाका दुई हप्तासम्म भने चिनियाँ सामान आयात शून्य भएको थियो । चीनमा फैलिएको कोरोना भाइरसको त्रास का कारण बन्द रहेको नाका जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन । सो नाका पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्दा बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी बृद्धि हुन पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);