लकडाउनमा भ्रष्टाचार झनै बढ्यो, अख्तियारमा २ हजार भन्दा बढी उजुरी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लकडाउनमा भ्रष्टाचार झनै बढ्यो, अख्तियारमा २ हजार भन्दा बढी उजुरी (भिडियोसहित)

काठमाडौं, ३ असार । लकडाउनमा पनि भ्रष्टाचार बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइनमार्फत उजुरी परेका छन । स्वास्थ्य सामग्री खरीद,राहत बितरण लगायतमा अनियमितताका बिषयमा अख्तियारमा उजुरीको चाङ लागेको छ । सबैको ध्यान कोरोनाका बिषयमा केन्द्रित भइरहेका बेला बिरोध हुदैन भन्ने प्रबृतिका कारण भ्रष्टाचार बढेको सरोकारवालाको भनाई छ ।

सरकारले बिश्वभर फैलिएको कारोना महामारी नेपालमा नफैलियोस भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेबाट देशैभर लकडाउन गरेको थियो । लामो लकडाउनका कारण आर्थिक र सामाजिक जीवन प्रभावित भएपछि सरकारले असार १ गतेदेखि लकडाउन केही खुकुलो बनाएको छ ।

मुलुक लकडाउनमै रहेको बेला त्यसको फाइदा उठाउँदै अत्यावश्यक स्वास्थ्य सामग्री खरीद,क्वारेन्टाइन व्यवस्थापन,खाद्यान्न,राहत बितरण लगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल,भाइबर,अनलाइनमार्फत २ हजार भन्दा बढी उजुरी परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोईरालाका अनुसार कुनै जनतालाई राहत दिएको छैन् भने कतै राहतको नाममा लाखौ रुपैयाको दुरुपयोग हुने गरेको र अनलाइन उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ ।

अन्य समयको तुलनामा लकडाउनको बेला अनलाइन उजुरी दिनेको संख्या धेरै रहेको प्रवक्ता कोइरालाको भनाई छ । कोरोना महामारीको समयमा विभिन्न दातृ निकायको सहयोगबाट आएको स्वास्थ्य सामाग्रीमा भष्ट्रचार बढेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र उपचारको खर्च करिब १० अर्ब भएको सार्वजनिक गरेको थियो । तर र्चौतर्पिm आलोचना हुदै गएपछि सरकारले ८ अर्ब ३९ करोड मात्र खर्च भएको विवरण दिएको थियो । अहिले महामारीको समयमा सरकारले गरेको खर्चको विवरण पारदर्शी हुनु पर्ने अर्थविदको भनाई छ ।

कोरोनाको महामारीबीच सबैको ध्यान त्यसतर्फनै हुने र विरोधको सामना गर्र्नु नपर्ने ठानेर गरिएका भ्रष्टाचार विरुद्ध परेका उजुरीका चाङले जनतामा चेतनाको स्तर बढेको स्पष्ट हुन्छ ।ती उजुरीका चाङलाई अध्ययन र छानबीन गरेर अघि बढ्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहिलो प्राथमिकता हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);