उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

wide body NAC

काठमाडौं, ३ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।

उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पिसिआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासबाट अनुरोध भएकाले पूर्वनिर्धारित उडान तालिकामा केही परिवर्तन गरिएको हो ।

निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । जुन १५ र १६ को उडान रद्द भएको थियो । पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ । निगमको उडान तालिकाअनुसार जुन १७ मा थाइल्याण्डको बैंकक रहेको छ ।

त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९मा जापानको नारिता र बुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ । त्यस्तै जुन २३ मा नारिता र माले, जुन २४ मा नारिता साउदी अरबको जेद्दा, जुन २५ मा बहराईन, जुन २६ मा मेलबर्न, जुन २७ मा मेलबर्न, जुन २९ मा तेल अभिव, साइप्रस, जेद्दा र जुन ३० मा साइप्रसका लागि उडान निर्धारण गरिएको छ ।

दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेटेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);