नदीजन्य पदार्थ उत्खनन तथा संकलन बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नदीजन्य पदार्थ उत्खनन तथा संकलन बन्द

nadijanya illam

सिन्धुपाल्चोक, २ असार । सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य तीन महिनालाई बन्द गरिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिकोे बैठकले जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन नगर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले २०७७ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन र संकलन कार्य बन्द गरेको जानकारी दिनुभयो ।

वर्षा लागेपछि नदीजन्य पदार्थ झिक्न नपाउने निति छ । वातावरण बिग्रन नदिनका लागि जिल्ला विकास समिति हुँदा देखि नै बर्षा लागेपछि तीन महिना नदीजन्य पदार्थ उत्खनन बन्द गर्ने गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);