उपत्यकाभित्र जारी भएका सबै सवारी पास रद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपत्यकाभित्र जारी भएका सबै सवारी पास रद्ध

sawari pass

काठमाडौं, २ असार । काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको छ । गृह मन्त्रालयले आजबाट लागू हुनेगरि सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो ।

अब जोरविजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्ध गराएको गृह मन्त्रायलका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु यथावत रहने छन् । पास रद्द गरिएपनि पूर्णरुपमा जोर बिजोर प्रणालीको पालना गराइने छ ।

निजी सवारी साधनहरुले काठमाडौं उपत्यकाभित्र जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाउने छन् । यो नियम मोटरसाइकलमा समेत लागू छ । जिल्ला प्रशासनले लगायत विभिन्न निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);