शिक्षा मन्त्रीको सस्तो लोकप्रियता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षा मन्त्रीको सस्तो लोकप्रियता

काठमाडौँ, १ असार । लकडाउनले झण्डै तीन महिनादेखि सबै शैक्षिक संघ संस्था पूरै ठप्प छ । यसबाट ९० लाख भन्दा बढी विद्यार्थी पठनपाठनबाट बन्चित छन् । कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि शैक्षिक संघसंस्था पनि बन्द भएका हुन । लामो समय शैक्षिक संघसंस्था बन्द हुँदा विद्यार्थी र अभिभावक अहिले बालबालिकाको भविष्यप्रति चिन्तित देखिन्छन् ।

हरेक सरकारको पालामा प्रविधिमा आधारित वैज्ञानिक शिक्षा, व्यवहारिक शिक्षा भनेर राजनीतिक नारा दिंदै आए पनि सरकार प्रविधिमा जान नसक्दा अहिले विद्यार्थी पढाइ नै कोरोनाको नाममा प्रभावित भएको छ । निजी विद्यालयहरुले केही समय अघिदेखि नै भर्चुअल कक्षा सुरु गरिसके पनि सरकारी लगानीमा संचालित सामुदायिक विद्यालयहरु पूरै ठप्प छन । ७० प्रतिशत बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय प्रभावकारी संचालनमा ल्याउने सुरसारमा खासै तयारी देखिंदैन ।

निजी विद्यालयले भर्नाको तयारी पनि गरिसकेको छ भने सामुदायिक विद्यालय कतै क्वारेन्टिन संचालनले बन्द छन भने धरै विद्यालयको तयारी लगभग शुन्य नै छ । यो विचमा शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो र टिभीबाट कक्षा संचालन गर्ने भनेर दुई हप्ते रुटिन सार्वजनिक गरेको छ ।

  • यसरी संचालन गरिने वैकल्पिक सिकाइको प्रभावकारिता कति होला । शिक्षामा बजेटको प्राथमिकता लगायतका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग गरिएको अन्तर्वार्ताको सारसंक्षेप ।
  •  नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धता बमोजिम कुल बजेटको २० प्रतिशत बजेट त क्रान्तिकारी शिक्षा मन्त्री हुँदा पनि आएन नि ? :
    होइन, यसलाई यसरी नबुझौं । अहिलेको विषम परिस्थितिमा शिक्षालाई बजेटमा २० प्रतिशत बजेट खोज्नु सान्दर्भिक नहोला । अहिले बांच्ने र बचाउने बेला हो ।
  •  प्रतिपक्षमा हुँदा र अन्तर्राष्ट्रिय मञ्चमा २० प्रतिशत बजेट भन्ने अहिले सरकारमा आएपछि नभए पनि हुने ? :
    यसलाई नकारात्मक रुपमा नहेरौं । यो क्रमिक हुँदै जानेछ । बजेट जति छुट्याइएको छ , त्यसले पनि शिक्षाको समग्र विकासमा प्राथमिकता तोकिएको छ । निराश हुुनुपर्ने अवस्था छैन ।
  •  लकडाउनले झण्डै तीन महिनादेखि शैक्षिक संघसंस्था पूरै ठप्प छ । पठनपाठन सुचारु गर्ने विकल्प के सोचिएको छ ? :
    असार १ गतेदेखि हामीले रेडियो र टिभीबाट वैकल्पिक सिकाइ प्रक्रिया अघि बढाएका छौं । पछि इन्टरनेटबाट पनि कक्षा संचालन गर्नेछौं ।
  • सामान्य अवस्थामा विद्यालय, कलेजको कक्षा कोठामा दैनिक ८ घण्टा पढाउँदा प्रभावकारी नभएको अवस्थामा अहिले रेडियो र टिभीमा एक घण्टा संचालन गरिने सिकाइले विद्यार्थीले के सिक्छन ? :
    कक्षा कोठामा हुने पढाईकै विकल्प त यो होइन । विद्यार्थीलाई अल्झाउने बाटो हो ।
  •  सस्तो लोकप्रियताको लागि रेडियो र टिभीबाट पढाउने भनेर भनिएको ? :
    यसलाई त्यसरी पनि नलिउँ । १५ दिनको यो अभ्यासपछि यसको पुनरावलोकन गरी के गर्ने भन्ने सोच्नेछौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग गरिएको अन्तर्वार्ताको पूरो भिडियो हेर्न तलको लिंकमा जान सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);