शैक्षिक क्षेत्र सञ्चालन गर्न शिक्षा मन्त्रालयको यस्तो छ तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शैक्षिक क्षेत्र सञ्चालन गर्न शिक्षा मन्त्रालयको यस्तो छ तयारी

काठमाडौं, २७ कार्तिक । कोरोना महामारीले करिब ८ महिनादेखि शैक्षिक क्षेत्र ठप्प छ । कोरोना महामारीसंगै अहिले बैकल्पिक शिक्षा प्रणाली मार्फत कक्षाहरु संचालन भैरहेका छन् । अबको शिक्षा बैकल्पिक शिक्षा नै हो या बिद्यालयहरु पुरानै अबस्थामा संचालन हुन्छन् यस बिषयमा शिक्षा मन्त्रालयले ठोस कदम चाल्न कस्तो तयारी गरिरहेको छ ।

नेपालको शिक्षा प्रणाली धरासायी बन्दै गइरेहको भन्ने टिप्पणी भइरहेको बेला विश्वव्यापी महामारी कोरोनाले अहिले शैक्षिक क्षेत्रमा ठुलो प्रभाव पारिरहेको छ । करिब ८ महिना देखी शैक्षिक संस्थाहरु बन्द छन् । यद्यपी अधिकांश स्कुल कलेजहरुले प्रविधिको प्रयोग मार्फत भर्चुअल कक्षा संचालन गरिरहेकै छन् । निजी बिद्यालयहरुको सन्र्दभमा ४० प्रतिशतले मात्रै भर्चुअल कक्षा लिरहेका छन् ।

बाँकी ६० प्रतिशत बैकल्पिक शिक्षापद्घतीबाट बञ्चित रहेका छन् । बिद्यार्थीको भौतिक उपस्थिती भन्दा भर्चुअल कक्षा मार्फत प्रविधिमा नजिक पुगेको र परम्परागत सिकाई भन्दा आधुनिक सिकाई प्रभावकारी भएको शिक्षाविद् को भनाइ छ । देशभरका सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ विद्यालय छन् । त्यसमा ७२ लाख १४ हजार विद्यार्थीहरु अध्यनरत छन् ।

यसैगरी उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका एक हजार ४सय२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु आज घरमै छन् । चैत ११ गतेको लकडाउन पछि विभिन्न तहका बार्षिक परिक्षा समेत रोकिएका छन् । यद्यपी भर्चुअल मार्फतनै रोकिएका परिक्षा संचालन गर्न बिश्वबिद्यालयहरु ताकेता गरिरहेका छन् ।

महामारीको त्रासलाई ब्यबहारिक जीवनमा फर्काउनका निम्ती अहिले बैकल्पिक शिक्षानै अहिलेको विकल्प भएको छ । तर अबका दिनहरुका बिद्यालयहरु नखोलेर बैकल्पिक शिक्षा नै रोज्ने हो भने बिद्यालयमा गएर सिक्ने कुरामा निकै प्रभाव पर्ने निजि विद्यालयहरुको संगठन एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटाको भनाई छ । कोरोनाको प्रभाव कहिलेसम्म रहने हो भन्ने कुराको कुनै एकिन छैन ।

तर मुलुकको सुखद भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई कसरी टिकाउने भन्ने शिक्षा मन्त्रालय सामू ठुलो चुनौती रहेको छ । तर अझैपनि शिक्षा मन्त्रालय भने कहिलेदेखी बिद्यालय संचालन गर्ने भन्नेमा अन्योलमै छ । शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरुको मात्रै भविष्य बिग्रदैन, यसले सिंगो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालिन असर गर्छ । त्यसैले अबको विकल्प बैकल्पिक शिक्षा प्रणाली मार्फत नै अघि बढ्रने वा बिद्यालय संचालन गर्ने भन्ने बिषयमा सम्बन्धित निकायले चाँडैनै निर्णय गर्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);