कम्प्युटरको प्रयोगात्मक कक्षा संचालन भएपछि बिद्यार्थी र शिक्षक उत्साहित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कम्प्युटरको प्रयोगात्मक कक्षा संचालन भएपछि बिद्यार्थी र शिक्षक उत्साहित

मदन विक
बाजुरा, ९ माघ । कम्प्युटरकाबारे किताबमा मात्र पढेका बाजुराका दुर्गम गाउँका सामुदायिक बिद्यालयहरुमा कम्प्युटरको प्रयोगात्मक कक्षा समेत संचालन भएपछि बिद्यार्थी र शिक्षकहरु उत्साहित भएका छन् । जिल्लाका दुर्गम क्षेत्रमा बिजुली विस्तार भएसंगै यहाँका सामुदायिक विद्यालयहरु कम्प्युटरको प्रयोगात्मक कक्षा शुरु भएको हो ।

बुढीगंगा नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिका लगायत संघ संस्थाको सहयोगमा बिभिन्न चार सामुदायिक विद्यालयमा कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालवालिकाहरुका लागि शैक्षिक डे«स, कापीकलम समेत सहयोग गरिरहेको छ ।

भानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक मनबीर खातीले विद्यार्थीहरुलाई व्यवहारीक र गुणस्तरीय शिक्षा प्रदान गर्दा उनीहरुको सीपमा बिकास भएको जानकारी दिए ।

विद्यार्थीहरुलाई प्राविधिक ज्ञानको सुरुवात गराउन विद्यालयमा कम्प्युटर शिक्षाको शुरुवात भएपछि जिल्लामा शिक्षा क्षेत्रको विकासमा सहयोग पुगेको स्थानीयहरुको बुझाई छ । दुर्गममा रहेका विद्यालयहरुमा कम्प्युटर शिक्षाको शुरुवात गर्न कतै बैकल्पिक सौर्य उर्जा मार्फत त कतै स्थानीय बासिन्दाले आफ्नै लगानीमा विद्युत उत्पादन गरेर विद्यालयमा कम्प्युटर शिक्षा सिकाउन शुरु गराउन टेवा पु¥याएका छन् ।

जिल्लाका दुर्गम विद्यालयहरुमा शिक्षालाई प्रविधि मैत्री बनाउनका लागि जिल्लाका ९ वटै स्थानीय तहले प्रत्येक विद्यालयहरुमा कम्प्युटर शिक्षाको शुरुवात गर्न उपयुक्त बजेट व्यवस्थापन गर्न सके अझै राम्रो हुने सरोकारवालाहरुको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);