लागू औषधसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लागू औषधसहित चार जना पक्राउ

काठमाडौं, ९ माघ । प्रहरीले ठूलो मात्रामा लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बांगेमुडाबाट १ हजार ४५ थान एम्पुल, १ हजार २ सय २५ ट्याब्लेट र ५ सय ग्राम चरेशसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिकाका ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापामगर, सिन्धुपाल्चोक चाकु मार्तिवाङका २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठ रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । उनीहरुको साथबाट १४ हजार नगद र १२ वटा मोवाईल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);