दशैँको मौका छोपेर लागू औषध ओसार्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दशैँको मौका छोपेर लागू औषध ओसार्ने पक्राउ

pakrau

उदयपुर, ३ कात्तिक । चाडबाडको मौका छोपेर लागू औषध ओसार पसार गर्दै गरेका बेला उदयपुरका ३ युवा प्रहरीको फन्दामा परेका छन्। दशैँको टीका थाप्न आफन्तकोमा गएजस्तो बहाना बनाएर ओसार पसारमा संलग्न भएको आरोपमा बिभिन्न थरीका लागू औषधसहित युवाहरू पक्राउ परेका हुन्।

प्रहरीले टीकाको दिन १ जना र अघिल्लो साँझ २ युवालाई लागू औषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएअनुसार टीका लगाउन आफन्तकोमा जान हिँडेको बहाना बनाउने त्रियुगा नगरपालिका ९ का १८ वर्षीय विशाल मंग्राती बिहान ८ः३० बजे उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट पक्राउ परेका हुन्।

बरामद लागू औषधसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। उनीहरुमाथि लागू पदार्थ ऐनबमोजिम कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको एसपी राईले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);