लागू औषधसहित २ जना विदेशी नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागू औषधसहित २ जना विदेशी नागरिक पक्राउ

काठमाडौं, ५ पुस । ठूलो परिणाममा लागू औषध एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पुलसहित २ जना विदेशी नागरिक पक्राउ गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले एम्पुल सहितको लागु औषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट सोमबार भारत रक्सौलका रमेश कुमारलाई पक्राउ गरिएको हो ।

त्यसैगरी गत मंसिर २९ गते १ किलो ५ सय ग्राम चरेससहित रसियन नागरिक भिक्टोर छिगानोभलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सो चरेशको अन्तिम गन्तव्य मोरिस रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);