मृग भनेर गोली हान्दा घाँस काट्दै गरेकी महिला घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृग भनेर गोली हान्दा घाँस काट्दै गरेकी महिला घाइते

काठमाडौँ, ५ पुस । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली हान्दा घाँस काट्दै गरेकी एक महिला घाइते भएकी छन् ।

स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा पुगेका थिए । उनीहरुले मृग भनेर गोली हान्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको बताए । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।

घाइते महिलाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);