केही दिन भित्रै नयाँ सरकार गठन : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन भित्रै नयाँ सरकार गठन हुने बताएका छन् । अध्यक्ष ओलीले जनमतको बलमा नयाँ सरकार बन्ने र त्यसले इमानकासाथ राष्ट्र र जनताको सेवा गर्ने स्पष्ट पारे ।

बुधबार काठमाडौंका निर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले जनमतको बलमा बन्ने सरकारलाई कसैले पनि रोक्न नसक्ने तर्क गरे ।

अध्यक्ष ओलीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढाउने काम पनि नयाँ सरकारले नै गर्ने दाबी गरे । उनले संविधान विपरित अध्यादेश ल्याएर सरकारले मुलुकलाई अप्ठयारोमा पार्न खोजिरहेको आरोप लगाए ।

माओवादी केन्द्रसँग पार्टी एकता हुँदैनकी भनेर चिन्ता नगर्न  आग्रह

अध्यक्ष ओलीले देश र जनताको पक्षमा इमानका साथ काम गर्न बाम गठबन्धनबाट निर्वाचित सांसदहरुलाई सचेत गराए । अध्यक्ष ओलीले माओवादी केन्द्रसँग पार्टी एकता हुँदैनकी भनेर चिन्ता नगर्न पनि आग्रह गरे । सरकार गठनसँगै पार्टी एकता हुने उनको भनाई थियो । अध्यक्ष ओलीले पार्टी एकता हुन नदिन विभिन्न गतिविधि भईरहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्नेमा जोड दिए ।

एकता अभियानबाट भाग्ने छुट कसैलाई छैन : नारायणकाजी

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जनमत अनुसार नयाँ सरकार छिट्टै बन्ने दाबी गरे । उनले सरकार निर्माणमा अवरोध गर्नेहरुलाई नछाडने चेतावनी दिए । वरिष्ठ नेता श्रेष्ठले एमाले–माओवादी केन्द्रबीचको एकता अभियानबाट भाग्ने छुट कसैलाई पनि नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);