'आगामी सरकारको नेतृत्व केपी ओलीले गर्ने' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘आगामी सरकारको नेतृत्व केपी ओलीले गर्ने’

काठमाडौ, २७ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत आउने सुनिश्चित भईसकेको दावी समेत गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक अभिव्यक्ति दिएकाले सरकारको नेतृत्व ओलीले नै गर्ने उनले स्पष्ट पारे ।

महासचिव पोखरेलले सरकार गठन प्रक्रिया गठबन्धनभित्र समझदारी गरेरै मात्रै अघि बढने उनले बताए । मुलुकको आवश्यक्ता सम्बोधन गर्न सक्ने योग्यता भएकाहरुलाई मात्रै सरकारमा पठाइने उनले बताए । वाम गठबन्धनको साझा घोषणा पत्र अनुसार काम गर्न सक्ने योग्यता बोकेकाहरुलाई सरकारमा पठाउँदा मात्रै मुलुकको आवश्यक्ता सम्बोधन हुने महासचिव पोखरेलको भनाई छ ।

महासचिव पोखरेलले निर्वाचनको सबै परिणाम सार्वजनिक भएलगत्तै पार्टी एकता प्रक्रिया अघि बढ्ने दावी गरे । उनले विचार र बाटो मिलेकाले माओवादी केन्द्रसँग पार्टी एकता गरेर अघि बढने सहमति गरिएको पनि स्पष्ट पारे । पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका महासचिव पोखरेलले माओवादी केन्द्रसँगको पार्टी एकता मुलुकको आवश्यक्ता भएको तर्क गरे ।

महासचिव पोखरेलले सरकार काम चलाउमा सिमित भईसकेको उल्लेख गर्दै प्रदेश प्रमुख लगायतका कुनै पनि राजनीतिक नियुक्ती नगर्न पुन आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);