यो सरकार कर्कलाको पानी जस्तो होइन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

यो सरकार कर्कलाको पानी जस्तो होइन : प्रम ओली

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी ओलीले जनताको सचेत आन्दोलनद्वारा बनेको सरकारलाई कर्कलाको पानीको रुपमा टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ को काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि खोस्न नसक्ने स्पस्ट पारे । प्रधानमन्त्री ओलीले मुलुक प्रतिगमनतिर जान्छकी भनेर निरर्थक कुरा नगर्न पनि आग्रह गरे ।  मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न जनताले बहुमत सहितको सरकार दिएको स्मरण गराए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले पाएको बहुमत भबितव्यमा नआएको उल्लेख गरे ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक प्रक्रिया भित्र रहेको र सोही प्रक्रियाबाट अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । पुस्तकले मुलुकलाई अघि बढाउन सघाउ पु-याउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि, विकासका लागि अरु पुस्तक लेख्दै जान पनि पत्रकार कँडेललाई शुभकामना दिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीबीचको एकता मुलुकलाई अघि बढाउन गरिएको स्पष्ट पारे । उनले माओवादी जनयुद्ध ठिक समयमा व्यवस्थापन गरेर आफूले शान्ति प्रक्रियालाई अवतरण गराएको बताए ।

माओवादी शसस्त्र संघर्ष, रुपान्तरण र एमाले–माओवादी एकताका विषयबस्तु समेटिएको पुस्तक विमोचन कार्यक्रममा काँग्रेस नेता शेखर कोइराला, प्राध्यापक कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);