बीपी राजमार्ग हुँदै पूर्वजाने सवारीकाे अझै अग्रिम टिकट खुलेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बीपी राजमार्ग हुँदै पूर्वजाने सवारीकाे अझै अग्रिम टिकट खुलेन

buspark

अप्सरा गौतम
काठमाडौं, २२ असोज । दसैंका लाति यातायातको अग्रीम टिकट बुकिङ असोज ९ देखी खोलिएपनि बीपी राजमार्ग   हुँदै पूर्व जाने सवारीको हकमा अहिलेसम्म वुकिङ खुला भएको छैन ।

अहिले बुकिङ नखोल्ने तर दसैंको मुखमा सवारी साधनमा बढी भाडा असुल्ने यातायात व्यवसायीको दाउ भएको यात्रुको गुनासो छ । व्यवसायी भने भाडा समायोजनमा कुरा नमिलेका कारण अग्रीम टिकट वुकिङ खुला गर्न नसकिएको बताउँछन् ।

यही राजमार्गमा सबै भन्दा बढी सुमो र हायस पूर्वका लागी छुट्ने गर्दछन् । तर हायस लगायत सुमोको अग्रीम टिकट नखुल्दा सोहि रुट हुँदै घर जाने यात्रुहरु अलमलमा परेका छन् ।

दसैंको समयमा एकतर्फी रुपमा मात्र यात्रुु हुने भएकाले मुल्य घाटा सहेर गाडी संचलन गर्न नसक्ने व्यवसायी बताउँछन । ईन्धनको मुल्यमा वृद्धि हुँदापनि भाडादर समायोजन नभएका कारण व्यवसायी मारमा पर्नै बताउँदै दसैंमा हायस र सुमोको अग्रीम टिकट खुल्न नसक्ने व्यवसायीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);