भाडा समायोजनमा कुरा नमिल्दा बीपि राजमार्ग हुँदै चल्ने सवारी साधानमा अग्रिम टिकट बुकिङ हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भाडा समायोजनमा कुरा नमिल्दा बीपि राजमार्ग हुँदै चल्ने सवारी साधानमा अग्रिम टिकट बुकिङ हुन सकेन

ticket booking

काठमाडौं, १४ असोज । दशैका लागी खोलीने अग्रीम टिकट बुकिङ असोज ९ देखी खोलीएपनि विपी राजमार्ग हुदै पूर्वका लागी संचालन हुने सवारीको हकमा अहिले सम्म वुकिङ नहुदा यात्रुहरु मर्कामा परेका छन ।

भाडा समायोजनमा कुरा नमिलेका कारण अग्रीम टिकट वुकिङ गर्न नसकिएको यातायात ब्यबसायीहरुले बताएका छन । दशैँका लागी राजधानि बाहिर जाने यात्रुहरुको सहजताका लागि असोज ५ गते टिकट बुकिङ खुला गर्ने सरकार र यातायात ब्यबसायी विच सहमती भएको थियो । तर सहमती भएकै दिन सरकारले इन्धनमा मुल्यबृद्धि गरेपछि यातायात ब्यवसायीहरुले मूल्य बृद्धि फिर्ता नलिएसम्म टिकट वुकिङ नगर्ने अडान लिएका थिए ।

सरकार र यातायात ब्यबसायीहरुको लामो बार्ता पछि यातायातको भाडादर बढाएर असोज ९ गते बाट ब्यबसायीहरुले दशैका लागी अग्रीम टिकट बुकिङ खुला गरे तर विपि राजमार्ग हुदै पुर्वी नेपालका लागि संचालन हुने सवारीको भने टिकट वुकिङ सुरु हुन सकेको छैन । टिकट वुकिङ गर्न नपाउँदा यात्रुहरु दशैमा घरजाने समयको टुङगो लगाउन सकेका छैनन ।

दशैका समयमा एतर्फीरुपमा मात्र यात्रुु हुने भएकाले मुल्य समायोजन गरेर मात्र टिकट खुलाउने विषयमा छलफल भईरहेको व्यवसायीहरुले वताएका छन । टिकट दरको कुरा मिले आगामी २० गते बाट अग्रीम टिकट खुल्ने कर्मचारी बताएका छन । ईन्धनको मुल्यमा वृद्धि हुँदापनि भाडादर समायोजन नभएका कारण ब्यबसायी मारमा पर्नै बताउदै ब्यबसायीहरुको आपसी छलफल पछिमात्र टिकट वुकिङ खोलिने व्यवसायीहरको भनाइ रहेको छ ।

यातायात ब्यवसायीहरुको मागका कारण अग्रिम टिकट वुकिङ नहुदा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने समस्याको समाधानका लागि सबै सरोकारवाला गम्भिर बन्न जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);